बिहिबार,
मंसिर२०,
२०८१
|
Thursday, December 5, 2024
पोखराको ल्याबमा देखियो कोरोना ‘पोजेटिभ’, केन्द्रीय ल्याबको रिपोर्टपछि औपचारिक घोषणा
२१ चैत्र २०७६, शुक्रबार १६:१०
पोखरा । पोखरास्थित ल्याबमा परीक्षण गर्दा भारतबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि मात्र जडान गरिएको सो मेसिनमा कोरोनासम्वन्धी पहिलो पटक पोजेटिभ रिपोर्ट आएको हो ।
बारम्बार गरिएको रिपोर्टका आधारमा विश्लेषण गर्दा पनि कोरोना संक्रमण पोजेटिभ भेटिएको एक चिकित्सकले जानकारी दिएका छन् ।
पहिलोपटक परीक्षणको रिपोर्ट भएकाले केन्द्रीय प्रयोगशालामा पनि परीक्षण गरेपछि औपचारिक घोषणा गरिने गण्डकी प्रदेशका एक मन्त्रीले बताए । ‘यहाँको ल्याबमा कोरोना रहेको पुष्टि भयो, तर केन्द्रीय प्रयोगशालाको परीक्षणको रिपोर्टपछि मात्र हामीले औपचारिक घोषणा गर्छौं’ ती मन्त्रीले भने ।