
चितवन। कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्ने गरी भरतपुर अस्पतालले १० बेडको आइसियू तयार गरेको छ । यसअघि अस्पतालमा गठित नोबेल कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि पूर्वाधार उपसमितिको बैठकले आइसियू बनाउने निर्णय गरेको हो । कोरोनाका बिरामी आउन सक्ने सम्भावनालाई मध्यनजर गरी १० बेडको आइसियू सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. श्रीराम तिवारीले बताउनु भयो ।