भरतपुर अस्पतालको अध्यक्षमा डा. भोजराज अधिकारी नियुक्त

चितवन । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा डा.भोजराज अधिकारी नियुक्त भएका छन् । भरतपुर अस्पताल केन्द्रीय अस्पतालको मातहतमा गएपछि पहिलोपटक अध्यक्ष नियुक्ती गरिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (मंगलबार) मन्त्रीस्तरीय निर्णय गर्दै डा.अधिकारीलाई अध्यक्षमा नियुक्त गरेको हो । डा.अधिकारीको कार्यकाल तीन वर्षको रहने छ । डा.अधिकारी सोही अस्पतालमा वरिष्ठ फिजिसियनको रुपमा कार्यरत छन् ।उनी युवापुस्ताका चर्चित चिकित्सकको रुपमा छवि बनाएका छन् । सबैसंग घुलमिल हुन सक्ने क्षमता भएका डा.अधिकारीले भरतपुर अस्पताललाई अबदेखि हाक्ने छन् । डा.अधिकारी हाल विश्वभर कोरोना भाइरस (कोभिड–१९)को माहामारी फैलिरहेको बेला चितवनमा स्थापना गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको प्रवक्ताको जिम्मेवारी सम्हाली रहेको छन् । यस्तै अस्पताल विकास समितिको सदस्यहरुमा शिक्षाविद रमाकान्त सापकोटा, केशव देवकोटा र रमा घिमिरे नियुक्त भएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको