चितवनको माडीमा आगलागीमा परि एक बालिकाको मृत्यु

चितवन । चितवनको माडीमा आज भएको आगलागीमा परि एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका ७ देबेन्द्रपुरमा रहेको परुई खोला किनारमा अस्थाई रुपमा बस्दै आइरहेका राम कुमार चेपाङको घरमा लागेको आगोले घरभित्र रहेकी ९ बर्षकी बालिका रोजिना चेपाङको ज्यान गएको इलाका प्रहरी कार्यलय माडीले जनाएको छ ।
कुसुमखोलाबाट बसाईसरी परुई खोला किनारमा अस्थाई रुपमा बस्दै आइरहेका चेपाङको घरमा आज आगलागी भएको हो । चुल्होबाट निस्कीएको आगो हावाहुरीका कारण फैलदाँ घरभित्रै रहेकी बालिकाको जलेर ज्यान गएको छ । मृतकका बुवा कामका लागि माडी बाहिर रहेको र आमा घरबाहिर रहेको अवस्थामा आगलागी भएको हो । आगलागीको समयमा घरमै रहेका अन्य दुईजना बच्चाहरु भने सुरक्षित रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको