
चितवन- भरतपुरमा गएराती भएको छुट्टा छुट्टै दुई दुर्घटनामा परी दुई जनाको मृत्यु गएको छ । भने एक जना घाइते भएका छन् ।
सोमबार राती साँढे ८ बजे बिकासचोक स्थित भित्री सडकमा चौबिसकोटीबाट गीतानगर तर्फ जाँदै गरेको प्रदेश नं ३–०३००३ प १६३४ नं को मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ठक्करबाट गम्भिर घाइते भएका बिकासचोकका बुद्धीराज सापकोटाको उपचारको क्रममा राती ८ः४५ बजे भरतपुर अस्पातलमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालक भरतपुर १४ सुन्दरबस्तीका २१ बर्षिय सविन आचार्य घाइते भएका छन् । उनको भरतपुर अस्पातलमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै सोमबार राती नै स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भरतपुर १० त्रिचोक स्थित भित्री सडक खण्डमा हाल नम्बर नखुलेको स्कार्पियोको ठक्करबाट पैदालयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भिर घाइते भएका धादिङ घर भई हाल भरतपुर १० बस्ने बर्ष ४० का साजन तामाङको उपचारको क्रममा राती ९ बजे भरतपुर अस्पातलमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कार्पियो फरार भएकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।