
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न एकमात्रै उपाएको रुपमा आजदेखि एक साता देशभर ‘लक डाउन’ गरेको छ ।
लकडाउनको समयमा अत्यावश्यक सेवाको क्षेत्रमा काम गर्नेले सवारीहरु एम्बुलेन्स, दमकल,औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलन, स्वास्थ र सुरक्षाका निकायका गाडीहरुलाई भने चल्न दिइने छ ।
पत्रकारलाई समाचार संकलन गर्न सहजहोस भनेर प्रशासनले पासको व्यवस्था गरेको छ । विना पास पत्रकारसमेत सडकमा निस्कन नपाउने नियमा उल्लेख छ ।