चितवन । भरतपुर स्थित चितवन प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि संचालनमा भएको कोरोना विशेष अस्पतालमा पहिलोपटक तीन जना बिरामी पुगेका छन् ।
कोरोनाको आशंका लागेपछि चितवन मेडिकल कलेज (सिएमसी) बाट आज विहान तीन जना बिरामी कोरोना विशेष अस्पतालमा पुगेका हुन् । उनीहरुको ओपीडीमा चिकित्सकहरुले परीक्षण गरेका थिए । तीन जना मध्ये दुई जनाको अवस्था सामान्य देखिएपछि उनीहरलाई औषधि दिएर घर पठाईएको कोरोना विशेष अस्पतालका सदस्य सचिव एवंम प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिए ।
उता भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले नारायणी अनलाइनसंग कुरा गर्दै एक जना पुरुषको आइसोलेसन वार्डमा उपचार भइरहेको पुष्टि गरे । उनले भने–‘आज बेलुका वा भोलिसम्ममा कोभिड–१९ परीक्षणका लागि नमुना काठमाडौं पठाउँछौं ।’