चितवन । महिला शशक्तिकरण तथा परिवर्तनशिल संस्थाको आयोजना गरिएको एक महिने मण्टेश्वरी तालिम सकिएको छ । प्रदेश नम्बर २ र ५ का एक पुरुष र १९ जना महिला सहभागी थिए । कुशल शिक्षक कुसल आमा दक्ष जनशक्ति अनि रोजगार सिर्जना गर्न तालिम आयोजना गरेको संस्थाकी अध्यक्ष संगिता भट्टराईले बताईन
तालिम समापन समारोहमा प्रमुख अतिथी बाग्मती प्रदेश सभाका कृषि,स्वास्थ्य तथा शिक्षा समितिका सभापति घनश्याम दाहालले सैद्धान्तिक क्षमतालाइ व्यावहारमा लागू गर्न आग्रह गरे । तालिम लिएकाहरुलाई रोजगार दिन सम्बन्धीत निकायलाई आग्रह गरे ।
प्याप्सन अध्यक्ष खनाल र शिक्षा समन्वय इकाइ प्रमुख सुवेदीले दक्ष जनशक्तिलाई व्यावहारिक काममा जोड्न प्रयास गर्ने बताए । महिला अधिकारकर्मी मिना खरेल, संस्थाकि सचिव पवित्रा रिजालले , सदस्य मञ्जु सिंखडाले बोलेका थिए ।
UK AID को सहयोगमा संचालन गरिएको मन्टेश्वरि तालिममा पर्फेक्ट पश्चिमाञ्चल मन्टेश्वरि तालिम केन्द्रकी प्रमुख महालक्ष्मी सेञ्चुरीले प्रशिक्षण दिएकी थिईन ।