भरतपुरमा बन्यो ७२ घण्टामै कोरोना विशेष अस्पताल, आजबाट अस्पताल संचालनमा (फोटाे फिचर)

चितवन । चितवनको भरतपुरमा ७२ घन्टामै कोरोना विशेष अस्पताल निर्माण गरिएको छ । तत्कालका लागि  ५० बेडकाे अस्पतालको सम्पुर्ण काम पुरा भएको छ । कुल ७० बेडमध्ये ५० वटा जनरल, १० वटा सघन कक्ष (आइसीयू) र अपाङ तथा अशक्तका लागि १० वटा एचडियु बेड रहने छन् ।

ओपीडी सेवासहितको अस्पताल विशेषज्ञहरुको निगरानीमा सञ्चालन गरिने छ । ‘मेडिकल सिटी’को रुपमा विकसित हुँदै गएको चितवनको भरतपुरमा कोरोनाको रोकथाम र सङ्क्रमणपछिको उपचारलाई सहज बनाउन जिल्लाका सरोकारवालाहरुले सक्रियता देखाएका थिए । त्यसका लागि  कोरोना लक्षित स्पेशल टाक्स फोर्स गठन भएको थियो ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको संयोजकत्वमा १५ सदस्यीय कोरोना रोकथाम तथा उपचार स्पेशल टाक्र्स फोर्स गठन गरिएको थियो। यस्तै, ७० बेड क्षमताको विशेष अस्पताल तयार गरिँदैछ । कुल ७० बेडमध्ये ५० वटा जनरल, १० वटा सघन कक्ष (आइसीयू) र अपाङ तथा अशक्तका लागि १० वटा एचडियु बेड रहने छन् । ओपीडी सेवासहितको अस्पताल विशेषज्ञहरुको निगरानीमा सञ्चालन गरिने छ । भरतपुरमा रहेकाे चितवन प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा कोरोना विशेष अस्पतालको रुपमा परिणत गरिएको हो । विशेष अस्पताल आजबाट सञ्चालनमा आएको हो ।

जिल्लामा कोरोना सङ्क्रमणको सम्भावित अवस्थालाई ख्याल राखेर प्रदर्शनी केन्द्रलाई विशेष अस्पतालमा परिणत गर्ने निर्णय गरि काम गरिएको महानगरपालिकाकी प्रमुख दाहालले बताउनुभयो । विशेष अस्पतालको लागि आवश्यक पर्ने उपकरण जुटाउन प्रदेश सरकारबाट समेत बजेट माग गरिने र केही उपकरण जिल्लाका अस्पतालबाट सहयोग जुटाइएकाे छ ।


चितवनमा कोरोनाका शंकास्पद सबै बिरामीलाई सोही अस्पतालमा राखेर उपचार गरिने छ ।देशकै मध्य भागमा पर्ने चितवनका धेरै स्थानबाट बिरामी आउने अवस्थालाई मध्यनजर गरी विशेष अस्पताललाई रिफरल अस्पतालको रुपमा सञ्चालित गरिने भरतपुर अस्पतालका चिकित्सक डा. भोजराज अधिकारीको भनाइ छ ।

प्रदर्शनी केन्द्र चारैतिर पर्खालले घेरिएको र प्रयाप्त स्थान भएकोले यसलाई अस्पतालको लागि छनौट गरिएको हो । चितवन मेडिकल कलेजले अस्पतालमा हेल्थ डेस्क स्थापना गरेको छ । अस्पतालको गेटबाट तापक्रम नापेर अस्पतालको मुख्य भवनमा नलगी पछाडि रहेको ओपीडीमा परीक्षण गर्ने तयारी छ ।




सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको