रत्ननगरको निसास मोटर्समा १२५ सीसीको पल्सर मोटरसाइकल विक्री सुभारम्भ

चितवन । मोटरसाइकलका पारखीहरुको लागि बजाज कम्पनीले १२५ सीसीमा समेत पल्सर मोटरसाइकल उपलब्ध गराएको छ ।
रत्ननगरको निसास मोटर्सले १२५ सीसीको पल्सर मोटरसाइकल आज (बिहीबार)देखि बिक्री शुभारम्भ गरेको हो । रत्ननगर नगरपालिका वडा नं १० का वडाध्यक्ष केशव आचार्य र निसास मोटर्सका सञ्चालक संजिव थापाले १२५ सीसीको मोटरसाइकलको बिक्री शुभारम्भ गरेका हुन् ।

फोर स्ट्रक इन्जिनमा उपलब्ध १२५ सीसीको पल्सरले प्रति लिटर पेट्रोलले ५५ किलोमिटर माइलेज दिने सञ्चालक थापाले बताए ।
मोटरसाइकलमा १२ लिटरको पेट्रोल ट्याङ्की रहेको छ । १४० किलो तौल भएको मोटरसाइकलको अगाडि डिस्क ब्रेक जडान भएको थापाले बताए । मोटरसाइकलमा एन्टी स्कीड ब्रेक सिस्टम भएकाले पछाडिको ब्रेक लगाउँदा अगाडिको ब्रेक आफै लाग्ने थापाको भनाइ छ ।
सञ्चालक थापाले मोटरसाइकलको इन्जिन क्षमता ११.८ हर्शपावर रहेको उल्लेख गर्दै राम्रो पिकअप दिने बताए । मोटरसाइकलमा पाँच गियर क्षमता रहेकाले पाँचौ गियरमा आरमदायी यात्रा गर्न सकिने उनको भनाइ छ । कम्पनीले मोटरसाइकलको खरिदमा विभिन्न उपहार योजना समेत ल्याएको छ ।


मोटरसाइकलको खरिदमा स्क्र्याच कुपन मार्फत १० हजार रुपैयाँ जित्न सकिने छ । त्यस्तै, बजाज कम्पनीका जुन सुकै मोटरसाइकलको खरिदमा हरेक दिन लक्की ड्र मार्फत सामसुङ कम्पनीको एलसीडी टीभी, वासिङ मेसिन, मोबाइललगायतका उपहारहरु प्रदान गरिने निसास मोटर्सका मेनेजर रेजिन रिमालले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको