कोरोनाको विरुद्धमा टाँडी प्रहरीको हात धुने अभियान शुरु

रत्ननगर । विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाईरस कोभिड–१९ को विरुद्धमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन भैरहेको छ । यसै विच ईलाका प्रहरी कार्यालय टाँडीले पनि विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको छ । आजवाट कार्यलयमा सेवा लिन आउदा र सेवा लिएर फर्कदा हात धुने अभियान सुरु गरेको छ ।

आज कार्यालय परिसरमा सेवा लिन आउने व्यक्तीवाट यो अभियमनको सुरु गरेको ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रबिन कार्कीले जानकारी दिए । साथै प्रहरीले कोरोना भाईरस विरुद्ध थप सचेतनाको कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको