जन्मदिनको तामझाम संस्कार तोड्दै चेपाङ बालबालिकालाई भोज

रवि रोषी, चितवन। जन्मदिनको तामझाम संस्कार तोड्दै रत्ननगर १३ का अदिप राजभण्डारीले चेपाङ बालबालिकालाई भोज खुवाएर आफ्नो जन्मदिन मनाएका छन् । हेल्थ असिस्टेन्टको अध्ययन सम्पन्न गरेका राजभण्डारी विगतका जन्मदिनमा साथीभाई हरु संग मनाउँदै आउने अतिरञ्जित जन्म उत्सव शैलीलाई त्यागी यस बर्षबाट विभिन्न विपन्न वर्गका समुदायलाई लक्ष्यित गरी मनाउने सोचका साथ उनले आज गामवेसी चेपाङ संरक्षण केन्द्रमा आश्रय लिएर निशुल्क शिक्षा लिईरहेका सीमान्तकृत चेपाङ विधार्थी बालबालिकाहरुलाई आज एक विशेष कार्यक्रम गरी सहभोजको आयोजना गरेका हुन् ।

विगतका बर्षमा झैं जन्मदिन मनाउने परम्परालाई त्यागेर सामाजिक र मानवीय सेवका हेतुले फरक शैलीबाट जन्मदिन मनाउने कुरा सुनेपछि राजभण्डारी दम्पतीले खुशी जताएका थिए । छोराको भावनाको कदर गर्दै भोलिका दिनबाट राजभण्डारी दम्पतीले पनि अब आफ्ना जन्मउत्सवहरु विपन्न वर्गका समुदायलाई लक्ष्यित गरी मनाउने घोषणा गरे । केन्द्रमा खाद्यान्नको अभाव भएको बारेमा केन्द्रका अध्यक्ष केपिकिरण शर्माले सामाजिक सञ्जालमा पोष्ट गरेपछि राजभण्डारी दम्पतीका छोरा अदिप राजभण्डारीले आफुले आफनो जन्मदिन चेपाङ बालबालिकासंगै मनाउने निर्णय गरेका हुन् । यसको अलावा आफ्ना सहपाठी मित्रहरुलाई पनि आफ्ना जन्मदिन अतिरञ्जित ढंगबाट नमनाई यस्तै मानवीय कार्यमा लगानी गरी मनाउन सबैलाई प्रेरणा दिने कुरा राजभण्डारीले बताए ।

अन्नको अभाव परेको अवस्थामा जन्मदिनको अवसर पारेर यसरी गरीव बालबालिकालाई खानाको जोहो गर्ने सम्पुर्ण राजभण्डारी परिवारलाई अध्यक्ष केपिकिरण शर्माले हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोग पाईरहने अपेक्षा राखीरहने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको