जंगली हात्तीको ज्यादती पूर्वी चितवनको पञ्चकन्या सामुदायिक वनमा पनि

रवि रोषी, चितवन । जंगली हात्तीको ज्यादती वरण्डाभार जंगलको पञ्चकन्या सामुदायिक वनको सीमावर्ती क्षेत्रमा पुनः बढ्दै गएको छ । करीब एक बर्ष अघि जस्तो पनि पञ्चकन्या सामुदायिक वनको सीमावर्ती क्षेत्र अन्तर्गत रत्ननगर नगरपालिका वडा नं. ११ मा पर्ने मंगलपुर आसपास क्षेत्रमा भएको थियो ।

गतबर्ष जंगली जनावर तथा वन्यजन्तु तथा काठतस्करहरु सहजताका साथ सामुदायिक वन भित्र पस्न र निस्कन नपाउन् भनेर पञ्चकन्या सामुदायिक वनबाट निर्मित बलियो गेट नै भत्काएर भौतिक क्षति पुर्याएपछि त्रसित ११ नं. वासीहरु विगत २ दिन देखि तारवार तथा बलियो पर्खालहरु वल प्रयोग गरी भौतिक क्षति पुर्याएको छ । गएराति सामुदायिक वनको परिसरमा निर्मित गामवेसी चेपाङ संरक्षण केन्द्रमा आश्रय लिएर बसेका १६५ जना बालबालिका बसेको आवासमा छिर्ने प्रयासमा केन्द्रले निर्माण गरेको बलियो पर्खाल र गेट तोडफोड गरी क्षति पुर्याएको छ ।

केन्द्का अध्यक्ष केपिकिरण शर्माले जानकारी दिएर क्षतिग्रस्त स्थान हेर्न गएका उपस्थित व्यक्तिहरुले जंगली हात्तीको अतिक्रमणलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने यसले बालीनाली र मानवीय क्षति ताराम्तार पुर्याईरहने बारेमा सम्पुृर्ण सीमावर्ती क्षेत्रका वडावासीहरु चिन्तित रहने बताए । यसको लागि सम्बन्धित निकायको चाँडै ध्यान जावोस भनेर पनि उनीहरुले अनुरोध गर्ने बताएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको