प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य बन्दै, श्रीमती राधिकाले भेटिन्

काठमाडौँ। मिर्गौला प्रत्यारोपणको ९ दिनपछि श्रीमती राधिका शाक्यले अस्पतालको आईसीयुमा पुगेर प्रधानमन्त्री केपी ओलीलाई भेटेकी छन् ।

यसअघि उनलाई मिर्गौला दाता समीक्षाले भेटेकी थिइन् भने आज पत्नी राधिकाले भेटेकी हुन् ।

शिक्षण अस्पतालले विज्ञप्ति जारी गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्णा खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् । ‘सबै स्वास्थ्य सुचक सामान्य छन्’, उनले भने, ‘मिडियामा सार्वजनिक भएजस्तो प्रधानमन्त्रीलाई केही संक्रमण छैन ।’

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण नियमित रुटिनमा भएको पनि अस्पतालले जनाएको छ ।

फागुन १९ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो । मिर्गौला दाता समीक्षाको बुधबार डिस्चार्ज भए पनि प्रधानमन्त्रीको अस्पताल बसाइ भने लम्बिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार स्वास्थ्य परीक्षणलगायतको उचित व्यवस्थापन भएपछि मात्रै उनलाई डिस्चार्ज गरिने बताइएको छ । उनलाई मिर्गौला दिने समीक्षा संग्रौलाको भने वुधबार नै डिस्चार्ज भएको छ ।

प्रधानमन्त्री ओलीका २०६४ सालमा भारतमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो भने दोस्रोपटक नेपालकै त्रिवि शिक्षण अस्पतालमा गरिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको