
चितवन । सामाजिक व्यक्तित्व डा.बीएम खरेलको निधन भएको छ । उपचारको क्रममा आइतबार राती ९ः३९ बजे पुरानो मेडिकल कलेजमा डा.खरेलको निधन भएको हो । डा.खरेल लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो ।
घरमै आराम गरिरहनु भएकी खरेललाई असहज भएपछि अस्पताल भर्ना गरिएको थियो । डा.खरेलका एक मात्र छोरा छन् । डा.खरेल श्रीमान डा.प्रमोद लामिछानेसंगै एलाइभ हस्पिटललाई अगाडि बढाई रहनु भएको थियो । उहाँ एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.भरतपुरको संस्थापक एवंम प्रवन्ध निर्देशक तथा डेन्टल एसोसिएसन चितवनको अध्यक्ष समेत हुनुहुन्थ्यो ।