मनाङमा बिहानैदेखि हिमपात, जनजीवन प्रभावित

पाेखरा, २४ फागुन । मनाङ जिल्लामा हिमपात भएको छ । जिल्लाकाे अधिकांश ठाउँमा  बिहानैदेखि हिउँ परेकाे स्थानीयले बताएका छन् ।

माथिल्लो भेगस्थित नार, फु र खाङसार लगायतका स्थानमा बाक्लै हिउँ परेको त्यहाँका बासिन्दाले जानकारी दिएका छन् । सदरमुकाम चामेमा समेत हिउँ परेकाे छ ।

विभिन्न सरकारी कार्यालय परिसरमा बाक्लै हिउँ जमेकाे छ । बेमौसमी हिउँ परेसँग चिसाे समेत बढेको छ ।

हिमपातकाे कारण जनजीवन कष्टकर भएको छ । बेमौसमी हिउँले उत्पादन बढ्ने कृषक बताएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको