
चितवन । शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयले आगामी चेत ५ गते भित्र देशभरका बिधालय हरुले परिक्षा सम्पन्न गरिसक्न र परिक्षा केन्द्र संबंधित बिधालयमा नै कायम गर्न निर्देशन गरेको छ । सो निर्देशनको अवज्ञा गर्दै चितवनको कालिका नगरपालिकाले भने कक्षा ८ को डिएली परिक्षा सन्चालन गर्न लागेको पाइएको छ ।
बिश्वभर कोरोना भाइरस फैलिरहेको अबस्थामा मन्त्रालयले दिएको निर्देशन अवज्ञा गर्दै कालिका नगरपालिकाले अन्तर बिधालय परिक्षा केन्द्र मार्फत परिक्षा गर्न लागेको छ । शिक्षा शाखा मार्फत केन्द्र र परिक्षा खर्चको नाममा आर्थिक चलखेल गर्न समेत सहज हुने भएकोले परिक्षा केन्द्र अन्तर बिधालय गर्न लागेको एक शिक्षकले कालिका दैनिकलाई बताए । जसरी पनि पैसा कमाउनु पर्छ भन्ने धन्दामा लागेका कालिकाका मेयर लगायत केहि जनप्रतिनिधि हरुको गिद्वेेदृस्टी शिक्षा क्षेत्रमा पनि परेको पाइएको छ ।
मन्त्रालयको परिपत्र अनुसार छिटाेे परिक्षा सम्पन्न गर्न र भिडभाड गर्न नहुने अबस्थामा अन्तर बिधालय परिक्षा गर्न नहुने प्याब्सन चितवनका अध्यक्ष टीकाराम चापागाईंले बताए । भरतपुर महानगर पालिकाले यस अगाडी नै संबंधित बिधालयमा परिक्षा केन्द्र तोक्न निर्देशन दिएको छ भने रत्ननगर नगरपालिकामा अहिले सोही बिषयमा बिहान ८ बजे बैठक बस्दै छ ।