गैंडाकोटको नगरपरिषदमा शिक्षा बिधेयक अस्विकृत, काङ्ग्रेसले बहुमतको दम्भ देखायो- मेयर छत्र पौडेल

गैडाकोट,फागुन २१ । गैडाकोट नगरपालिकाको छैटौँ नगरसभामा पेश गरिएको लेखा, सुशासन, विधेयक समिति र शिक्षा विधेयक २०७६ अस्वीकृत भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित भएका सदस्यहरुले विरोध गरेपछि यी विधेयकहरु बहुमतका आधारमा अस्वीकृत भएको हो ।उपप्रमुख विष्णुकुमारी कंडेलले पेश गरेको “विनियोजन विधेयक २०७६” भने पारित भएको छ । गैडाकोट नगरपालिकाले सुसासन, आर्थिक पारदर्शीता र सर्वसुलभ शिक्षा हुनुपर्ने भन्दै ल्याएको विधेयकहरु कार्यपालिकाको बहुमत सदस्यहरुले अस्वीकृत गरेका हुन् ।

नगरप्रमुख छत्रराज पौडेलले नगरपालिकामा तीन वटा विषयगत समिति बनाउन प्रस्ताव पेस गरेका थिए । पेश गरिएका विषयगत समितिहरु पारित नभएपछि नगरप्रमुख पौडेलले नगरपालिकामा सुशासन कायम राख्न कठिन हुने बताए । उनले गैडाकोटमा काँग्रेसले विकास निर्माणका कार्यमा अवरोध सिर्जना गरेको समेत बताए ।

विद्ययक फेल गराएर काँग्रेसले भ्रष्टाचारलाई प्रशय दिएको छ,पौडेलले भने,गरिव तथा पछाडि परेका समुदायका नागरिकले सर्वसुलभ शिक्षा प्राप्त गर्ने अधिकार कुण्ठित भएको छ ।  छैटौँ नगरसभामा पेश गरिएको विधेयक समितिमा कांग्रेसको संयोजकत्व रहने गरि राष्ट्रिय जनमोर्चा निकट सदस्य र एक जना नेकपा निकट सदस्य सहित समिति गठन गर्न लागिएको थियो । त्यस्तै लेखा समितिमा पनि कांग्रसको निकट संयोजक रहने गरि कांग्रेस र नेकपा सदस्य रहने र सुशासन समितिमा नेकपा निकट सदस्य संयोजक रहने गरि दुई जना कांग्रेस पक्षबाट सदस्य राख्ने प्रस्ताव गरिएको थियो । तर, मेयरले छलफल नगरी समितिहरु गठन गरेकाले विषयगत समितिहरुको विरोध गरेको उपप्रमुख विष्णुकुमारी कंडेलले बताइन् ।

नगर परिशद सकिए लगत्तै मेयर पौडेलले पत्रकार हरुलाई काङ्ग्रेस निकटका परिशद सदस्यले बहुमतको दम्भ देखाइ बिकासको विरुद्धमा लागेकोमा दु:ख व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समिति र प्रअ नियुक्ति गर्ने अधिकार नगरप्रमुखलाई दिने विधेयक ल्याएपछि पारित गर्न नदिएको उपप्रमुख कंडेलको भनाई छ । गैडाकोट नगरपालिकाले शिक्षा समितिमा कांग्रेस पक्षका व्यक्तिलाई नसमेटी एक्लौटी गरेकाले विरोध जनाएको कंडेलले बताइन् । ९५ जना नगरकार्यपालिका सदस्य रहेको गैडाकोट नगरपालिकामा कांग्रेसका मात्रै ६३ जना रहेका छन् । यसैविच गैडाकोट नगरपालिकाले चालु आर्थिक बर्षको माघ मसान्त सम्म वडा स्तरीय ६३ योजनाहरु सम्पन्न भएको जनाएको छ । नगरस्तरिय हकमा ४० वटा सम्पन्न भएकामा ३९ वटा योजना सम्झौता भएको नगर उपप्रमुख कंडेलले बताइन् । मौलाकालिका मन्दिर परिसरलाई धार्मिक तथा पुरातात्विक दुष्टिकोणबाट पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न केबुलकार सञ्चालनका लागि प्रक्रिया अगाडी बढाएको उपप्रमुख कंडेलले पेश गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चालु आर्थिक बर्षका लागि नगरपालिकामा आन्तरिक, संघ प्रदेश गरी ८४ करोड ६८ लाख १८ हजार ३ सय १३ रुपैयाँ बजेट रहेको छ । जसमा आन्तरिक श्रोत तर्फ २३ करोड १२ लाख १८ हजार रुपैयाँ रहेको छ भने, संघ तथा प्रदेशबाट ६१ करोड ३७ लाख ३९ हजार रुपैयाँ अनुदान प्राप्त भएको उपप्रमुख कंडेलले बताइन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको