
काठमाडौं। कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनिरहेका बेला नेपाल सरकारले पनि सर्तकता र सचेतना अपनाउन आह्वान गरेको छ। स्वास्थ्य, तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आइतबार पत्रकार सममेलन गरी कोरोनाको जोखिम बढेकाले धेरै मानिस भेला हुने ठूला सभा, सम्मेलन र भोजभतेर लगायत कार्यक्रम नगर्न आग्रह गरेका हुन्।
विश्व स्वास्थ्य संगठनले हालै मात्र नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएको थियो।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जनशक्ति बढाउने छ।
चीनबाट ल्याइएका १ सय ७५ जनालाई घर पठाइसकिएको छ। तर, भक्तपुरस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइन यथावत रहने सरकारले जनाएको छ।