पुजा सहकारीले गर्यो चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

रवि रोषी,चितवन । पुजा बचत तथा ऋण सहकारी संस्थाले गर्यो चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग प्रदान गरेको छ । केन्द्रका अध्यक्ष केपी किरण शर्माको प्रमुख आतिथ्यतामा आयोजित सो सहयोग हस्तान्तरण कार्यक्रम पूजा बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष सदानन्द उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो । २०७६ सालमा स्थापित उक्त सहकारीले केन्द्रमा आश्रित सीमान्तकृत चेपाङ बालबालिकालाई १२ बोरा चामल, दाल, तेल, नुन, साबुन, टुथपेष्ट, बेसार, चिउरा लगायतका दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

यस अघि पनि उक्त सहकारीले चितवनका विभिन्न शैक्षिक प्रतिष्ठानहरुमा अति विपन्न बिधार्थीहरुलाई विभिन्न शैक्षिक स्टेशनरी सामाग्री लगायतका आवश्यक सामाग्रीहरु प्रदान गर्दै आएको अध्यक्ष उपाध्यायले बताउनुभयो । नाफामूलक उधेश्यले सञ्चालनमा ल्याईएको संस्था भएपनि लाभांशको केहि प्रतिशत अति विपन्न बर्गका समुदायको हितमा लगानी गर्नु संस्थाको प्रमुख अभियान भएको हुनाले स्थापनाकाल देखि नै सामाजिक कर्ममा लागेको उहाँले बताउनुभयो । यसको साथै उक्त संस्थाले बाढीपिडित तथा भुकम्प पिडितहरुलाई पनि सहयोग गर्दै आएको उहाँले खुलासा गर्नुभयो ।

केन्द्रका अध्यक्ष केपिकिरण शर्माले केन्द्रमा स्वस्फुर्त सेवाभावका साथ सहयोग गर्न आउनुभएका संस्थाका सम्पुर्ण परिवार प्रति आभार प्रकट गर्दै यसै गरी आगामी समयमा सहयोगको अपेक्षाका हिसाबले मात्र नभई रवि रोषी,अभिभावकको हिसाबले अभियानलाई खबरदारीका साथै सल्लाह सुझाव दिन आईदिनको लागि आग्रह गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको