गृहमन्त्री थापाद्वारा उदयपुर पार्क तथा बाल उद्यानको उद्घाटन (फोटाे फिचर सहित)

शिशिर सिंखडा, चितवन । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले आज उदयपुर पार्क तथा बाल उद्यानको एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ७ सगुनटोलमा रहेको उदयपुर सामुदायिक वन उपभोक्ता समूहले सो पार्क तथा बाल उद्यान निर्माण गरेको हो ।

सामुदायिक वनको लगानी तथा प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो पार्कको उद्घाटन गर्दै गृहमन्त्री थापाले पर्यटनको माध्यमबाट देशलाई आर्थिक समृद्धि तर्फ लानुपर्ने बताए । विभिन्न पार्क तथा उद्यानहरुले आन्तरीक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्दै आर्थिक उपार्जन गर्नुपर्ने भन्दै मन्त्री थापाले पर्यापर्यटनको क्षेत्रमा सामुदायिक वनहरुको महत्वपूर्ण भूमिका रहेको समेत बताए ।

बाग्मती प्रदेशका सांसद घनश्याम दाहाल लगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा सामुदायिक वनका उपाध्यक्ष सुदर्शन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रम सामुदायिक वनका अध्यक्ष केशव लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको