सुनको भाउ निरन्तर उकालो, तोलाको ८० हजार नाघ्यो

काठमाडौँ । पछिल्लो समय तीव्र तथा निरन्तर बढीरहेको सुनको मूल्य झन आकाशिएको छ । यहीक्रममा सोमबार सुनको मूल्य प्रतितोला ८० हजार नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुनको भाउ प्रतितोला ८० हजार नाघेको हो ।

आइतबार ७८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य सोमबार ५ सय रुपैयाँ बढेर ८० हजार ३ सय पुगेको हो । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यस्तै चाँदी पनि आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको