चितवन । चितवन राष्ट्रिय निकुञ्जमा ‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा भेटिएको छ ।
छिपछिपे पानीमा पाइने ‘पूर्वीय कुलबारी’ चरा नेपालको कोशी टप्पु तथा पश्चिम नेपालमा भेटिएको भए पनि चितवनमा पहिलोपटक भेटिएको हो । यो चरा सौराहा नजिकै जन्कौली सामुदायिक बनमा भेटिएको हो ।
यस चराको अङ्ग्रेजी नाम Eastern Water Rail हो । नयाँ प्रजातिको चरासँगै चितवन राष्ट्रिय निकुञ्जमा पाइने चराको प्रजाति ६४१ पुगेको छ । नेपालमा भने ८८७ प्रजातिका चरा पाइने गर्दछ ।
यो फोटाे सौराहाका गाइड सन्तकुमार तामाङले खिचेका हुन । उनी सौराहाकै होटल हर्मीटेजमा कार्यरत छन ।