रुखबाट लडेर चितवनको कालिकामा एकजनाको मृत्यु

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ कमल चोकका रामचन्द्र दुवाडीको रुखबाट खसेर मृत्यु भएको छ । आज दिउसो उदयपुर सामुदायिक वनमा बाख्रालाई  घाँस काट्न गएका ६३ वर्षीय दुवाडीको रुखबाट खसेर मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको र पोष्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको जनाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको