
चितवन । चितवनमा नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु भित्रका विद्यार्थीहरुबीच झडप हुँदा विवादले उग्र रुप लिएको छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा भएको घटनालाई लिएर अनेरास्ववियुका विद्यार्थीहरुले आज नेकपाको जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन् । क्रान्तिकारी तर्फका विद्यार्थीहरुले एकीकृत भएर बनेको अनेरास्ववियूका केन्द्रीय सदस्य देव पाठकलाई रड प्रहार गरी घाइते बनाएका छन् । पाठकलाई घाइते बनाएको भन्दै आक्रोशित बनेका विद्यार्थीहरुले जिल्ला पार्टी कार्यालयमा पुगेर तोडफोड गरेका हुन् ।