ग्राफिक मार्गले वार्षिकोत्सव मनाउने

भरतपुर । भरतपुर–११ वाईपास रोड स्थित ग्राफिक मार्ग प्रा.लि.ले विविध कार्यक्रमको आयोजना गरि आफ्नो पहिलो वार्षिकोत्सव मनाउने भएको छ । प्रा.लि.ले आगामी बैसाख १ गते वार्षिकोत्सव मनाउने तयारी गरेको हो । कम्पनी दर्ता सम्बन्धि सम्पूर्ण काम गर्दै आएको उक्त ग्राफिक मार्ग प्रा.लि.ले वार्षिकोत्सवको अवसरमा भारी छुटका साथ सेवा दिइरहेको प्रा.लि.का प्रबन्ध निर्देशक जनक खड्काले जानकारी दिनुभयो ।
स्थापनाको एक वर्ष नपुग्दै एक सय भन्दा बढि नयाँ कम्पनी दर्ता गरेको र ५० भन्दा बढि पुरानो कम्पनीको काम गरिसकेको जानकारी दिँदै खड्काले वार्षिकोत्सवको अवसरमा विशेष छुटका साथ सात हजार सात सय ७७ रुपैयामा नयाँ कम्पनी दार्ता भईरहेको जानकारी दिनुभयो । अहिलेसम्म ग्राफिक मार्ग प्रा.लि.मार्फत दर्ता भएका कम्पनीहरुको अभिलेख सहित वार्षिकोत्सवको अवसरमा आगामी बैसाख १ गते २०७७ सालको क्यालेण्डर प्रकाशन गरि वितरण गरिने कम्पनीका सहायक व्यवस्थापक लक्ष्मी पोखरेलले जानकारी दिनुभयो ।

कम्पनीले कम्पनी रजिष्ट्रार कार्यालय काठमाण्डौबाट हुने सम्पुर्ण कामको साथै, आन्तरिक राजश्व कार्यालय चितवनमा हुने कर भ्याट सम्बन्धि काममा सहजिकरणको साथ भिजिटिङ कार्ड छपाई, क्यालेण्डर छपाईलगायत छपाई सम्बन्धि सम्पुर्ण काम गर्दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको