चितवनको मेघौली सेराइ अ ताज सफारीमा फोर्ब्स कलेजको स्वागत कार्यक्रम  

चितवन ।  भरतपुर -२, क्षेत्रपुरमा रहेको फोर्ब्स कलेजले शैक्षिकसत्र २०७६/०७७ मा भर्ना भएका १सय ३० जना विद्यार्थीलाई मेघौली सेराइ अ ताज सफारी मा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ। सो कार्यक्रम मा बि.एच.एम तथा बि.सि.एस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी प्रथम सेमेस्टरका विध्यार्थी हरुलाई स्वागत गरिएको थियो।

कलेजका सहायक प्राचार्य हरि शरण पाठकको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी कलेजका अध्यक्ष सन्जय झा रहेका थिए । सो कार्यक्रमको संचालन सुलभ अधिकारीले गरेका थिए भने स्वागत मन्तब्य दिवस मैनालीले राखेका थिए । शिक्षकहरु योगेन्द्र मन्डल , राज सापकोटा , बिज्ञान बुढाथोकी तथा विध्यार्थी हरु ले पनि सो कार्यक्रममा मन्तव्य राख्नु भएको थियो।साथै विध्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा सहायक प्राचार्य पाठक ले विध्यार्थी हरुलाई कलेजले प्रमाणपत्र मात्र वितरण नगरि विध्यार्थीहरु लाई ब्यबहारिक शिक्षा प्रदान गरि दक्ष जनशक्ति उत्पादन गर्ने बताउनु भयो । चितवन जिल्लामा एक अग्रणी सस्थाको रुपमा स्थापित फोर्ब्स कलेजलाई विस्वास गरेर भर्ना भएकोमा सम्पुर्ण विध्यार्थी हरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको