
काठमाडौं, २४ माघ। प्रबासमा क्रियाशिल नेपाली मञ्चहरुको एकता भएको छ। प्रबासमा क्रियाशील दुई संगठनहरु प्रबासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्चको एकता भएको हो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबास समन्वय कमिटीको गत माघ २२ गते बसेको बैठकले सो प्रबासी नेपाली मञ्चको एकताको घोषणा गरेको हो। प्रबासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च गठन गर्ने निर्णय गरेको हो।
सो समन्वय कमिटिका अध्यक्ष युवराज चौलागाई र सचिव श्री प्रसाद शाहद्वारा जारी विज्ञप्तिमा प्रबासमा रहेका नेपालीहरुको ३६ वटा देशको प्रबास समन्वय कमिटीकोको अध्यक्ष र सचिवको नामावलि सार्वजनिक गरेको छ।
हेर्नुहोस् कुन देशमा को ?