पर्यटकीय नगरी सौराहामा माघ २८ गते देखि फुड फेष्टिवल: होटलमा ३० र रेष्टुरेण्टमा १५ प्रतिशत छुट

चितवन। चितवनको पर्यटकीय नगरी सौराहामा १४ औं फुड फेष्टिवलको रौनक सुरु भएको छ । माघ २८ गते देखि फागुन ३ गते सम्म सञ्चालन हुने फेष्टिवलको व्यवसायीहरु तयारीमा छन । तयारी तीब्र पारिएको छ । रेष्टुरेष्ट एण्ड बार एशोसियशन(रेवान) सौराहाको आयोजनामा सिसुवार चौरमा हुने सो फेष्टिवलको अबसरमा व्यवसायीहरुले पर्यटकका लागि आर्कषक छुटको व्यवस्था मिलाएका छन ।

पर्यटकका लागि होटलमा ३० प्रतिशत र रेष्टुरेण्टमा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । साना पर्यटन ब्यवसायमा १५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ । फेष्टिवललाई भब्य बनाउन स्टल तथा मञ्च निर्माणको काम भइरहेको छ । स्वागत गेट लगायत प्रचार प्रसार र अन्य आन्तरिक तयारी तीब्र रुपमा भइरहेको अध्यक्ष खतिवडाले बताए ।

फेष्टिवलमा स्थानीय जातजाती तथा विदेशी खानाको परिकार संगै स्थानीय कला,संस्कृति,भेषभुषाको प्रर्दशन गरिने फुड फेष्टिवलका संयोजक धु्रब गिरीले बताए । फेष्टिव अन्तर्गत सौराहाको हात्तीचोक देखि ड्याक सम्म सडकमै खाने र सडमकै रमाउने व्यवस्था मिलाइने छ । सडक किनारमै खाने र सडकका सांस्कृतिक कार्यक्रम अबलोकन गर्ने कार्यक्रम रहेको गिरीले जानकारी दिए ।

फेष्टिवल अन्तर्गत मेयरकप भलिवल प्रतियोगिता, प्रेम पत्र लेखन प्रतियोगिता,वेटर रेस,महिलाहरुको म्युजिकल चेयर,वालवालिकाको बेलुन फुटाइ,डारी तान्ने,अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटक लगायतका कार्यक्रम हुनेछन । प्रेम दिवसको दिन फेष्टिवल प्रवेशका लागि काटिने टिकटबाट संकलन भएको पैसा मध्य ७५ प्रतिशत रकम गौतमबुद्ध क्रिकेट रंगशालालाई दिइने आयोजकले जनाएको छ । भण्डै साढे दुई करोडको कारोवार हुने अनुमान गरिएको फुड फेष्टिबलमा २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संयोजक गिरीले बताए ।

फेष्टिवलको सांस्कृतिक कार्यक्रम अन्तर्गत पशुपती शर्मा, प्रकाश सपूत, सम्झना भण्डारी, दुर्गेश थापा, शान्ती श्री परियार, अलमोडा राना उप्रेती, सम्झना लामिछाने मगर, कमल खत्री, कृष्ण अखेली, दुर्गा सापकोटा, रमेशराज भट्टराई, डिला बिक, रविन लामिछाने, राजन कार्की, अपेक्षा गिरी, जीवन दाहाल, चोलिन्द्र पौडेल, शितल शर्मा, अर्जुन सापकोटा, मनोज महतो, अनु बिक, डिबि लोप्चन, द न्याटिभ ब्याण्ड, बलराम सरकार लगायतका कलाकारको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक नविन नेपालले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको