चितवन । विगत वर्ष झैँ यस वर्ष पनि भरतपुर -२ , क्षेत्रपुरमा रहेको फोर्ब्स कलेजले अन्तर कलेज क्वीज, पावर पोइन्ट प्रीजेन्टेसन एन्ड कुलिनरी कुकिङ फेस्ट २०२० सिजन ३ सम्पन्न गरेको छ।
सो प्रतियोगितामा चितवन तथा नवलपरासी का बिभिन्न कलेजका विद्यार्थी हरुले भाग लिएका थिए । सो प्रतियोगिताको विजयी विद्यार्थी हरुलाई पुरस्कार वितरण कार्यक्रमको सभापति फेस्ट कोअर्डिनेटर योगेन्द्र मण्डलले गर्नु भएको थियो भने प्रमुख अतिथी कलेजका सहायक प्राचार्य हरिशरण पाठक हुनुहुन्थ्यो । कार्यक्रम संचालन ईन्जिनियर सुलभ अधिकारी ले गर्नु भएको थियो भने स्वागत मन्तव्य ईन्जिनियर दिवस मैनाली ले राख्नु भएको थियो ।
सो प्रतियोगितामा क्वीज तर्फ क्रिष्टल कलेज प्रथम, वाल्मीकि कलेज द्वितीय र सनराइज कलेज तृतीय भएका थियो । कुलिनरी कुकिङ तर्फ अक्सफोर्ड कलेज प्रथम, अरोमा कलेज द्वितीय र वाल विकास कलेज तृतीय भएको थियो । साइबर सेक्युरिटी विषयमा भएको पावर पोइन्ट प्रीजेन्टेसनमा न्यु क्यापिटल कलेज प्रथम, अरोमा कलेज द्वितीय र सनराइज कलेज तृतीय भएको थियो ।