काठमाडौं । बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको बुधबार निधन भएको छ । मंगलबार राती मनमोहन अस्पतालमा उपचारका लागि लगिएका उनको निधन भएको हो ।
मुटु रोगका बिरामी उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो । इन्फेक्सनको समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । नेपाल टेलिभिजनका पुर्ब महानिर्देशक समेत रहेका शर्माले नेपाल टेलिभिजनमा लामो काम गरेका थिए । नेपाल टेलिभिजनमा धेरै वर्षसम्म शर्माले प्रस्तुत गर्ने गरेको विश्व घट्ना निकै लोकप्रिय कार्यक्रममध्ये एक थियो।