रत्ननगरमा कर्भडहल, जेएन थपलियाले गरे शिलान्यास

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ३ मा कर्भडहल निर्माण हुने भएको छ । पूर्वी चितवनमै पहिलो पटक रत्ननगरमा नमुना मिनी कभर्डहल निर्माण सुरु भएको हो । प्रदेश सरकारको लगानीमा निर्माण हुने सो कभर्डहलको बगमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार जेएन थपलियाले शिलान्यास गरेका छन ।

प्रदेश सरकारको एक करोड २० लाखको लगानीमा निर्माण हुने सो कर्भडहल ३२ मिटर लम्वाई र २० मिटर चौडाइको हुने वडाध्यक्ष गुप्तनाथ भट्टराईले बताए । सो भवनमा खलकुदसंगै सभा सम्मेलन केन्द्र र योग केन्द्रको रुपमा विकास गर्ने योजना रहेको र सोही अनुसार हल निर्माण हुने वडाध्यक्ष भट्टराईले बताए । कर्भडहल निर्माणको लागि प्रदेश सरकारले पहिलो चरणमा ५० लाख रुपैया प्रदान गरेको छ । वडा कार्यालयको निगरानीमा पूर्वी चितवन स्पोट्र्स क्लवले कर्भडहलको निर्माण गर्ने अध्यक्ष केबल न्यौपानेले जानकारी दिए । कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,नेकपाका वडा समिति अध्यक्ष ऋषवदेब थपलिया,नेपाली कांग्रेसका वडा सभापति छविलाल घिमिरे,कार्यपालिका सदस्य मिना गिरी लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको