नारायणी नदी किनारको महायज्ञमा युवा कथा बाचक पण्डित रेग्मी, चहलपहल बढदो, एकपटक हेर्न र सुन्नै पर्ने (हेर्नुहोस भिडियो)
शिशिर सिंखडा, चितवन। नारायणी नदि किनारमा जारी यज्ञका मुख्य बाचक परिवर्तन भएका छन। कोटीहोम महायज्ञका वाचक स्वामी बालयोगेश्वर महाराजको बारेमा विभिन्न सञ्चार माध्यममा ठगीको घटनामा सम्लग्न भएको समाचार सार्वजनिक भएपछी आयोजकले ठग बाबाले परिचित महाराजलाई सो महायज्ञबाट हटाएकाे हो । सो महायज्ञमा युवा पण्डित ईश्वर रेग्मीलाई  ल्याइएकाे छ । उनी प्रखर श्रीमद्भभागवत बाचक हुन । उनको कथा बाचन शैली सुमधुर रहेको छ ।
आफूलाई स्वामी बालयोगेश्वर महाराज बताउने विजय भण्डारीको सकृयतामा नारायणी नदी किनारामा ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोहत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’ गर्न लागिएको थियो ।

महायज्ञ विवादको भूमरिमा परेपछि महायज्ञ आयोजक संस्थाले महायज्ञमा प्रमुख वाचक रहेका स्वामी बालयोज्ञश्वरलाई प्रवचनका लागि रोक लगाएको थियो । महायज्ञमा प्रमुख वाचक रेग्मी आए पछी मानिसहरुको चहलपहल पनि बढकाे छ ।

सञ्चारमाध्यमबाट  महाराजको समाचार सार्वजनिक भएपछि उपराष्ट्रपती नन्दबहादुर पुनले उक्त महायज्ञ उद्घाटन नगरि शनिबार काठमाडौं फर्किएका थिए ।

हेर्नुहोस भिडियो।।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको