भरतपुरको हस्पिटल रोडमा नयाँ व्यवस्थापनका साथ सुरु भयो देव हस्पिटल

चितवन । देव हस्पिटल प्रा.लि. भरतपुरले नयाँ व्यवस्थापनका साथ हस्पिटल रोडमा आफ्नो सेवा सुरु गरेको छ । भरतपुरको चौविसकोठीमा रहेको सो हस्पिटलले आज पत्रकार सम्मेलन गरी सोको जानकारी गराएको हो । कार्यक्रममा अस्पतालका अध्यक्षमा प्रविण रानाभाटले अस्पतालमा विशेषज्ञ सेवा सहितको विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको बताए ।

उनले नयाँ व्यवस्थापनका साथ सुरु भएको अस्पतालको उद्घाटन भने आगामी वैशाख १ गते गर्ने जानकारी दिए । नयाँ व्यवस्थापनका साथ सुरु भएको अस्पतालमा हाडजोर्नी, नसा तथा जोर्नी प्रत्यारोपण, पेट छाती तथा मुटु रोग, सुगर प्रेसर थाइराइड तथा बाथरोग सेवा उपलब्ध रहेको छ । त्यस्तैगरी ल्याप्रोस्कोपी तथा जनरल सर्जरी, छाला यौन तथा कुष्ठरोग, स्त्री तथा प्रसुती रोगको समेत विशेषज्ञहरुद्वारा उपचार हुने अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. कविन न्यौपानेले जानकारी दिए । सो अस्पतालमा बालरोग, रेडियोलोजी सेवा, दन्त रोग, एनेस्थेसियाको समेत सुविधा रहेको छ । अस्पतालमा अक्सिजनको सुविधा रहेको छ भने सबै प्रकारका रोगको विशेषज्ञ सेवा उपलब्ध गराइने अस्पतालका डा. न्यौपानेले जानकारी दिए ।

अस्पतालका संचालक मञ्जु सिंखडाले अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क स्वास्थ्य शिविर, विपन्न बिरामीको उपचारमा समेत अस्पतालले सेवा दिने बताइन् । सो अस्पतालमा चितवन सहित गोरखा, लमजुङ, नवलपुर, परासी, मकवानपुर, तनहुँ, धादिङ लगायतका क्षेत्रका बिरामीहरु समेत आउने गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । अत्याधुनिक उपकरण सहितको २ वटा अप्रेसन कक्ष रहेको सो अस्पतालमा २४ सै घण्टा इमर्जेन्सी सेवा, फार्मेसी सेवा र एम्बुलेन्स सेवा समेत उपलब्ध रहेको छ ।

२५ शैयाको सो अस्पतालमा सम्पूर्ण अप्रेसनहरु दुरबिनको प्रयोगबाट मात्र गरिने बताइएको थियो । कार्यक्रममा अस्पतालका संचालक रमेश न्यौपाने, विष्णु कमली, ल्याब टेक्नोलिजष्ट हरि अधिकारी लगायतले पनि आफ्ना भनाइहरु राखेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको