प्रेम दिवसको अबसरमा माघ २८ गतेदेखि सौराहामा  फूड फेष्टिबल

सौराहा । प्रेम दिवस को अबसर पारेर सौराहामा माघ २८ गतेदेखि फागुन ३ गते सम्म हुने सौराहा फूड फेष्टिबलको तयारी तीब्र पारिएको छ । रेष्टुरेण्ट एण्ड वार एसोसिएसन नेपाल रेवान सौराहाको आयोजनामा सौराहाको सिसुवार मैदानमा हुने फेष्टिवललाई सफल बनाउन तयारी तीब्र पारिएको हो । १४ औं संस्करणको तयारीका बारेमा आयोजकले बुधवार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । व्यवसायीहरु फेष्टिवलको तयारीमा जुटेका छन ।
हरेक वर्ष आयोजना हुने फूड फेष्टिबललाई यस वर्ष भ्रमण वर्षसंग केन्द्रीत गरेर तयारी गरिएको रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले बताए । महोत्सवमा स्थानिय तथा विदेशी खानाको परिकार रहने छ । त्यस्तै स्थानिय कला,संस्कृति,भेषभुषाको जर्नेनाका लागि महोत्सव केन्द्रीत रहेको बताइएको छ ।

मेला अवधिभर सौराहाको ड्यामदेखि फेष्टिवल स्थलमा विविध झाकी प्रस्तुत गरिने अध्यक्ष खतिवडाले बताए ।
महहोत्सवमा विविध खेलकुद कार्यक्रम,प्रेम पत्र लेखन प्रतियोगिता,सडक नाटक आयोजना गरिने आयोजकले जानकारी गराएको छ । हरेक दिन राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकालको प्रस्तुती रहने छ । रेवान महिना समूह र क्षेत्रीय होटल संघ नेपाल चितवन सहआयोजक रहेका छन ।


फागुन २ गते भ्यालेण्टाईन डेमा टिकटको ब्यवस्था गरिएको छ । उक्त दिनमा राती १२ बजेसम्म हुने छ । अन्य दिनराती ११ दिनको हुने छ । भ्यालेन्टाईन डे मा टिकटको ब्यवस्था छ । टिकटको ७५ प्रतिशत रकम गौतमबुद्ध क्रिकेट रंगशालालाई दिइने आयोजकले जनाएको छ । भण्डै साढे दुई करोडको कारोवार हुने अनुमान गरिएको फुड फेष्टिबलमा २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संयोजक ध्रुव गिरीले बताए ।
आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन फूड फेष्टिबलको तयारी तीब्र पारिएको हो । महोत्सव अवधिभर रेवानले सौराहामा छुटको ब्यवस्था गरेको छ । रेवानमा आवद्ध रेष्टुरेण्टमा १५ प्रतिशत, होटलमा ३० प्रतिशत र साना पर्यटन ब्यवसायमा १५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।


आन्तरिक पर्यटक बढाउन फूड फेष्टिबल, हात्ती महोत्सव हुने गरेको छ । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले पर्यटकीय गतिविधिले मात्र गन्तव्यको प्रर्बधन हुने बताए । फेष्टिवलको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक गिरीले जानकारी दिए ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको