राष्ट्रिय स्वाधीनताको दृष्टिमा एमसीसी शंकाको घेरामा छ- युवानेता स्वरुप सुयाल (बिचार/दृष्टिकोण)
चितवन। अनेरास्ववियूका केन्द्रिय सदस्य एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवानेता स्वरुप सुयालले एमसीसीलाई नेपालको राष्ट्रिय स्वाधीनताको आँखाले हेर्दा शंकाको घेरामा रहेको कुरा बताएका छन ।
सामाजिक संजालमा एमसिसी सम्बन्धमा आफ्नो बिचार अभिव्यक्त गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । “अमेरिकी वैदेशिक निति र एमसीसी प्रोजेक्ट संचालन गर्न चाहेको देशहरुको सम्बन्धमा अमेरिकी दस्ताबेजलाई विश्लेषण गर्दा देशभक्त नेपालीलाई निस्चय नै एमसीसी शंकाको घेरामा छ,”उहाँले भन्नुभएको छ। साथै युवानेता सुयालले एमसीसीको मात्रै कन्टेन विश्लेषण गरेर यस सम्बन्धि धारणा बनाउनु बैज्ञानिक नहुने।अमेरिकी बिदेश निति र साम्राज्यवादि उसको चरीत्रको जगमा एमसीसीलाई बुझ्नुपर्ने बिचार राख्नुभएको छ। एमसिसी सम्बन्धमा उहाँले निम्न बुदाहरु मार्फत आफ्नो दृष्टिकोणलाई अघि सार्नु भएको छ। 
नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमको आँखाले हेर्दा अमेरिकी वैदेशिक निति र एमसीसी प्रोजेक्ट संचालन गर्न चाहेको देशहरुको सम्बन्धमा अमेरिकी दस्ताबेजलाई विश्लेषण गर्दा देशभक्त नेपालीलाई निस्चय नै एमसीसी शंकाको घेरामा छ। एमसीसीको कन्टेन मात्रै विश्लेषण गरेर यस सम्बन्धि धारणा बनाउनु बैज्ञानिक हुदैन।अमेरिकी बिदेश नितिको र साम्राज्यवादि उसको चरीत्रको जगमा  एमसीसीलाई   बुझ्नुपर्ने हुन्छ। एमसीसी सम्झौताको प्रस्तावनामै भनिएकोछ, “दिगो आर्थिक समृद्धि हासिल गर्न तथा गरिबी निवारण गर्न  एमसीसी सहायताको लागि प्रस्ताव पेश गरेको कुरालाई स्मरण गर्दै। ” यो तथ्यले के बताउछ भन्दा एमसीसी नेपालको माग र चाहनामा नभई अमेरिकी चासो र नितिको योजनाको  हो । पूंजीवादको खतरनाक नायक अमेरिकाले सेवाको भावनाले मात्रै यो प्रोजेक्ट अघि सारेको भन्ने बुझाइ हुनुहुदैन। 
मुलतः ७७ पेजको मिलिनियम च्यालेन्ज सम्झौताको हरेक धारा र बुदा समानताको आधारमा छैन ।  नेपालमा एमसीसी प्रोजेक्ट
कार्यान्वयन भइरहदा सुरक्षाको जिम्मा नेपाली सेनाले किन नपाउने ? एमसीसीले नै सुरक्षाको जिम्मा किन लिनुपर्ने, यसमा गम्भीर प्रश्न छ ।  एमसीसी इन्डो प्यासिफिकको अंग होइन भनेर अमेरिकी पक्षबाट लिखित प्रतिबद्धता नेपाल सरकार समक्ष किन आउन सक्दैन, जबकि यस सम्बन्धमा नेपालमा राष्ट्रिय मुद्दा बनिसकेको छ भनेर अमेरिकालाई लागेर नै दूतावासको कर्मचारीलाई  एमसीसीको राम्रो पक्षहरु बोल्न लगाइ सकिएको छ । 
यदि एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग होइन भने अमेरिकाको सन २०१७ को सुरक्षा रणनीतिको पृष्ट ३९ मा उल्लेख भएको अमेरिकी सुरक्षा निति २०१७ मा स्पष्ट संग इन्डो प्यासिफिक रणनीति बिस्तार गर्न एमसीसी प्रयोग गर्ने भन्ने कुरा हटाउन अमेरिका किन चाहदैन। एमसीसी सम्झौताको अनुसूची ५ मा “नेपाल सरकारले चित्तबुझ्दो योजना बनाइ एमसीसीलाई पठाउनु पर्ने र त्यस्तो योजनालाई भारत सरकारले समर्थन गरेको हुनुपर्ने”उल्लेख छ । यो सम्झौतामा नेपाल-अमेरिकाको बिचमा हो भने भारतको समर्थनको कुरा किन-कुन प्रयोजनको लागि आउँछ । यसमा गम्भीर प्रश्न छ। 
मिलिनियम च्यालेन्ज सम्झौतामा रहेको नेपालको हित प्रतिकुलका प्रावधानहरु खारेज गरि एमसीसी प्रोजेक्ट मुलुकको हित अनुकुल बनाउन सबै राष्ट्रबादि,बुद्धिजीवीहरुले पहल गर्नुपर्छ।  हाम्रो जस्तो विकासोन्मुख देशले वैदेशिक सहयोग किन नलिने!यदि असमान सर्तहरु नभएमा देशको हितमा कोहि कसै दातृ निकाय,मित्रराष्ट्रबाट हार्दिकताका साथ सहयोग लिने हो । राष्ट्रियता अर्बौं अर्ब खर्बहरु भन्दा ठुलो विषय हो । एमसीसीको सम्बन्धमा पनि असमान प्रावधान,सर्तहरु खारेज गरि समानताको आधारमा सम्झौतालाई रुपान्तरण गरि सहयोग लिनुपर्छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको