
चितवन । नारायणगढमा हुन लागेको कोटीहोम महायज्ञका वाचक स्वामी बालयोगेश्वर महाराजको ठगी भन्दाबारेका खबर सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि उपराष्ट्रपती नन्दबहादुर पुनले उक्त महायज्ञ उद्घाटन गर्ने कार्यक्रम स्थगित गरेका छन् ।
आफूलाई स्वामी बालयोगेश्वर महाराज बताउने विजय भण्डारीको सकृयतामा नारायणी नदी किनारामा ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोहत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’ गर्न लागिएको छ ।
उनको ठगी भन्दा बारेको समाचार आज कान्तिपुर दैनिकले मूख्य पृष्ठमा प्रकाशन गरेको थियो । उपरा्ट्रपतिका प्रेस सल्लाहकार मनोज घर्तमगरले उपरा्ट्रपति कार्यक्रममा नजाने पुष्टि गरे।
https://www.kalikadainik.com/2020/01/25/9641/