चितवनको गाँजीपुरमा मदन भण्डारी पार्क, डीपीआर अन्तिम चरणमा

चितवन।भरतपुर महानगरपालिका–१७ गाँजीपुरमा बन्ने मदन भण्डारी मेमोरियल पार्कको डीपीआर अन्तिम चरणमा पुगेको छ ।

दासढ्ंगा घटनापछि मदन भण्डारीको शव भेटिएको गाँजीपुरमा बन्ने पार्कको डीपीआर अन्तिम चरणमा पुगको छ । राजनीतिक महत्वको सो क्षेत्र वरिपरी भौतिक संरचनाहरु भने यसअघिनै निर्माण भइरहेका छन् ।
राष्ट्रिय सभाकी सांसद पार्वती रावलले मदन भण्डारीको स्मृतिलाई जिवन्त बनाउन पार्क निर्माण गर्न लागिएको नारायणी अनलाइनलाई जानकारी दिइन् । ‘गाँजीपुर यसअघि नै धार्मिक केन्द्र भएकोले धर्म र राजनीतिसँग जोड्नलाई तीर्थस्थलको रुपमा यस क्षेत्रको विकास गर्न लागिएको छ’ उनले भनिन् ।

तीन बिघा क्षेत्रफलमा फैलिने पार्कमा भ्यु टावर, वातावरणीय अनुसन्धान केन्द्र, सङ्ग्रहालय, रिक्रियएसन सेन्टर, सेमिनार हल, अध्ययनकेन्द्रलगायतको निर्माण गरिने योजना रहेको पार्क निर्माण समितिका सदस्य टुकमान गुरुङले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ यसअघिनै सो क्षेत्रमा पर्यटन विभागको २० लाख रुपैयाँमा मदन स्मृति भवन बनिसकेको छ । थप एक करोड लगानीमा सोही स्थानमा बनेको चार तलाको भ्यु टावरलाई ५५ फिट अग्लो बनाउने योजनामा छौं ।’ जननेता मदन भण्डारीको शव भेटिएको ठाउँलाई व्यवस्थित बनाइ पर्यटकीय केन्द्र बनाउने सोच अहिले डीपीआर निर्माणको अन्तिम तयारीमा रहेका पुगेको उनले बताए ।

BY.. नारायणी अनलाइन डेस्क

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको