काठमाडौं । जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले आगामी तीन दिन मौसमको पूर्वानुमान गरेको छ । महाशाखाले देशका उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपात हुने र तराईका क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने बताएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ७ गते (मंगलबार)
आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । पश्चिमी भेगका एक÷दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती देशका अधिकांश भू–भागमा आंशिक देखि सामान्य बदली रहने तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ ।
माघ ८ गते (बुधबार)
दिउँसो मौसम सामान्यतया सफा रहनेछ । तराईका भू–भागमा हुस्सु र कुहिरो रहनेछ । राती भने मौसम सामान्यतया सफा रहनेछ । तराईका भू–भागमा हुस्सु र कुहिरो रहनेछ ।
माघ ९ गते (बिहिबार)
दिउँसो मौसम सामान्यतया सफा रहनेछ । तराईका भू–भागमा हुस्सु र कुहिरो रहनेछ । राती देशको पूर्वी भूभागमा आंसिक देखि सामान्य बदली रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
उच्च हिमाली भेगका हल्का देखी मध्यम हिमपात हुने सम्भावना रहेको साथै देशका अधिकांश भू–भागमा सामान्य बदली रहने भएकोले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।