रत्ननगर जेसिज वर्ष २०२०को अध्यक्षमा अधिकारी, उपाध्यक्षमा आचार्य र परियार चयन

चितवन । रत्ननगर जेसिजको वर्ष २०२० का लागि नयाँ कार्यसमिति चयन भएको छ । आईतवार रत्ननगर स्थित लायन्स फुडल्याण्डमा भएको वार्षिक साधारण सभाले प्रदिप अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जेसिजको कार्यकारीणी उपाध्यक्षमा हेमराज आचार्य र बाबुराम परियार,महासचिवमा अमित गुप्ता,कोषाध्यक्षमा सविन मानन्धर,उपाध्यक्षहरुमा किरण लामिछाने,विपिन्द्र घिमिरे,सुमन पौडेल र सुमन सुवेदी रहेका छन् । त्यस्तै निर्देशकहरुमा वैभव लामिछाने,असिम गिरी,सुरेशजंग पाण्डे र हरिकुमार श्रेष्ठ , सहसचिवमा ज्योति भट्ट,सहकोषाध्यक्षमा अजय गुप्ता चयन भएका छन् । तालिम निर्देशकमा सन्तोष दुवाडी,प्रकरण निर्देशकमा राजेन्द्र धमला,शाखा सम्पादकमा उपेन्द्र आचार्य र जनसम्पर्क अधिकृतमा रामप्रसाद पाण्डे चयन भएका छन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको