
चितवन । चितवनमा पहिलो फर्निचर एक्सचेन्ज अफर सुरु हुने भएको छ । विगत २५ बर्षदेखि गुणस्तरी फर्निचर बिक्रि वितरण गर्दै आएको नेपो फिनिसिङ्ग ईण्डष्ट्रिजको आयोजनामा यहि माघ १८ गतेदेखि फागुन ४ गतेसम्म फर्निचर एक्सचेन्ज अफर सुरु हुने भएको हो ।
ग्राहकवर्गहरुको माग र चाहनालाई ध्यान राख्दै आफुले नेपो फर्निचर एक्सचेन्ज अफर सुरु गर्न लागेको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा ईण्डष्ट्रिजका महाप्रबन्धक सूर्य कडँलले जानकारी गराए ।“आधुनिककरणसगैँ हरेक वस्तुको एक्सचेन्ज अफर हुदै आएको छ, उनले भने यहि परिवेशमा गुणस्तरीय फर्निचर उत्पादनको दुनियाँ अलग पहिचान बनाएको नेपोले पनि जुन सुकै पुरानो तथा उपयोगिता कम भएको फनिर्चर एक्सचेन्जसगैँ वा बेच्नसक्नुहुन्छ ।”