रोटरी क्लब अफ रत्ननगरले यहि माघ ११ गते राष्ट्रिय म्याराथोन प्रतियोगिता गर्ने

चितवनः रोटरी क्लब अफ रत्ननगरले यहि माघ ११ गते राष्ट्रिय म्याराथोन प्रतियोगिता २०२० गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रबर्धन गर्दे उद्देश्यले राष्ट्रिय स्तरको रोटरी मिनी म्याराथोन प्रतियोगिता गर्न लागिएको आयोजकले  रत्ननगरमा पत्रकार सम्मेलको आयोजना गरि जानकारी दिएको हो ।

क्लवका अध्यक्ष बिपिन पोख्रेलका अनुसार राप्ती नगरपालिकाको भण्डामाराबाट सुरु भई रत्ननगरको स्टार वैङ्क्युट होटलमा आएर सम्पन्न हुने छ । मिनी म्याराथोन १५ किलोमिटर दुरीको रहने छ ।

प्रतियोगितामा बिभागीय धाबक नेपाल आर्मी, नेपाल प्रहरी, शशस्त्र प्रहरी, चेपाङ् धावकहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । सो प्रतियोगितामा नेपालका बिभिन्न क्षेत्रका गरि तीन सय भन्दा बढि धावकको सहभागिता रहने अपेक्षा गरिएको छ । म्याराथोनमा सहभागिता जनाउनका लागि रत्ननगरमा रहेको होटल स्टार बैङ्क्युटमा रहेको सचिवालयमा नाम दर्ता गराउन सकीने छ ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि धावकहरुले अनलाईन मार्फत समेत नाम दर्ता गर्न सक्ने छन् । नाम दर्ता गर्नका लागि माघ ८ गते सम्मको समय तोकीएको क्लबका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्धितृय हुनेले रु २५ हजार र तृतिय हुनेले रु १५ हजार नगद सहित चाँदीको मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यस्तै प्रतियोगिता पुरा गर्ने महिला धावकलाई नगद रु ५ हजारले सम्मान गरिने छ । प्रतियोगिता माघ ११ गते आठ वजे बाट सुरु हुने छ । प्रतियोगिताको रोटरी ३२९२ का गभर्नर किरणलाल श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको तयारीका लागि सम्बन्धित सबै निकाय संग समन्वय भएको पोख्रेलले जानकारी दिनुभयो । पोख्रेलका अनुसार प्रतियोगिता राष्ट्रिय नियम अनुसार खेलाईने छ ।

रोटरी क्लब अफ रत्ननगरले यस अघि रोटरी पुस्तकालय, शहीद स्मृति पुस्तकालय, लटौली खाजा तथा लघुबित्त कार्यक्रमको संञ्चालन, रोटरी सार्वजनीक शौचालय निर्माण, बृहत रक्तदान कार्यक्रम जस्ता सामाजिक काम गर्दै आएको छ । भ्रमण वर्षलाई लक्षित गर्दै क्लबले सौराहामा रोटरी घण्टाघरको निर्माणको काम समेत सुरु गरेको क्लबका निबर्तमान अध्यक्ष जनक पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको