स्थानीयको साथ र सहयोगले समाज सुधार गर्न सकिने – डिएसपी कार्की

शिशिर सिंखडा, चितवन । हालै मात्र सरुवा भई इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडी आएका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन कार्कीले स्थानीयको साथ र सहयोगले समाज सुधार गर्न सकिने बताएका छन् ।
अपराध अनुसन्धान महाशाखा टेकु काठमाडौँबाट सरुवा भई आएका डिएसपी कार्कीले यस क्षेत्रको शान्तिसुरक्षा, अमनचयन र भयरहित समाज बनाउन स्थानीयको साथ र सहयोगको अपेक्षा गरेको बताए ।

आज कार्यालयमा आयोजित पत्रकारहरुसँगको भेटघाटमा उनले यस क्षेत्रको समस्याको रुपमा रहेको लागुऔषध, ट्राफिक समस्या, चोरीडकैती लगायतको घटनाको सन्दर्भमा स्थानीयको सुझाव प्राप्त भएकाले सो क्षेत्रमा प्रहरीले उच्च सतर्कता अपनाई काम गर्ने बताए । आफू आएको १ हप्तामा नै स्थानीयको साथ र सहयोग पाएको उल्लेख गर्दै उनले यहाँका स्थानीयवासी सहयोगी र समाजसुधारको पक्षमा सकारात्मक पाएकोले प्रहरीलाई काम गर्न मद्दत र हौसला मिल्ने समेत बताए ।
पत्रकार र प्रहरी दुवै समाजका सुधारक भएकाले विकृति र विंसगतीको अन्त्य गर्न तथा भयरहित समाज बनाउन पत्रकारको साथ र सहयोगको अपेक्षा पनि उनले गरेका थिए । कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शेखर कुमार शाहले यस क्षेत्रभित्र रहेका रत्ननगर र कालिका नगरपालिका क्षेत्रका विभिन्न घटना र सम्भावित घटना न्यूनीकरणको प्रयास र सम्भावनाको बारेमा बताएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको