
चितवन । भरतपुरको हस्पिटल रोडमा रहेको देव हस्पिटल प्रा. लि. मा आजबाट नयाँ व्यवस्थापनका साथ सेवा आरम्भ गरिएको छ । सो अस्पतालको अध्यक्षमा प्रविण रानाभाट रहेका छन् ।
अस्पतालका संचालकहरुमा रमेश न्यौपाने, मञ्जु सिंखडा, तिर्थराज न्यौपाने रहेका छन् । आजबाट नयाँ व्यवस्थापनका साथ सुरु भएको अस्पतालमा हाडजोर्नी, नसा तथा जोर्नी प्रत्यारोपण, पेट छाती तथा मुटु रोग, सुगर प्रेसर थाइराइड तथा बाथरोग सेवा उपलब्ध रहेको छ । त्यस्तैगरी ल्याप्रोस्कोपी तथा जनरल सर्जरी, छाला यौन तथा कुष्ठरोग, स्त्री तथा प्रसुती रोगको समेत विशेषज्ञहरुद्वारा उपचार हुने अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. कविन न्यौपानेले जानकारी दिए ।
सो अस्पतालमा बालरोग, रेडियोलोजी सेवा, दन्त रोग, एनेस्थेसियाको समेत सुविधा रहेको छ । अस्पतालमा अक्सिजनको सुविधा रहेको छ भने सबै प्रकारका रोगको विशेषज्ञ सेवा उपलब्ध गराइने अस्पतालका डा. न्यौपानेले जानकारी दिए ।