पोखराको नमस्ते किड्स संस्थाद्वारा चितवनमा विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

चितवन । चितवनको कालिका नगरपालिका वडा नं. ६ मा रहेको श्री माध्यमिक विद्यालय रेडक्रसग्रामका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरिएको छ । पोखरामा रहेको नमस्ते किड्स नामक संस्थाले सो विद्यालयमा अध्ययनरत ३५ जना विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा (सिरक) सहयोग गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य बालकृष्ण अधिकारी, वडा सदस्य दुर्गा सुवेदी, दशरथ सापकोटा, विद्यालयका प्राचार्य नन्दलाल लामिछाने, नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेशका सदस्य पुर्ण बहादुर पुरी, जुटपानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष होम बहादुर गुरुङ, नमस्ते किड्स संस्थाका अध्यक्ष सगुन गुरुङ, सचिव प्रिया गुरुङ, कर्मचारी श्रद्धा गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको