
चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनबाट ७८७ मतान्तरले श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित श्रेष्ठले एक हजार ९८० मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धी ज्ञानेन्द्रमान शाक्यले एक हजार १९३ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले सञ्चारपत्रलाई जानकारी दिए । निर्वाचनमा कुल तीन हजार १७३ मत खसेको थियो ।
यस्तै वाणिज्यतर्फ कार्यसमिति सदस्यमा ज्ञानुप्रसाद न्यौपाने (२५१२), थिरप्रसाद धिताल (२४९०), चेतनारायण सापकोटा (२१३६), लक्ष्मी रिमाल पौडेल (१८७२), विकास थापा (१८५०) र बद्री पौडेल (१८०४) मतका साथ विजयी भए । पाण्डव ढकाल (१७७४), शिवप्रसाद ओझा (१७२८), राजेन्द्र सिग्देल (१३७८) र आनन्दराज राउत (१३०२) मत ल्याएर पराजित भए ।
यस्तै महिलातर्फ कार्यसमिति सदस्यमा रजनी मास्के १९९७) मतका साथ विजयी भइन् । उनकी निकटम प्रतिद्धन्द्धी विमला अधिकारीले (११४४) मत प्राप्त गरिन् ।
यस्तै वस्तुगततर्फ कार्यसमिति सदस्य पदमा धनप्रसाद पोख्रेल (२८), दुर्गादत्त कँडेल (२६), विनोदप्रसाद तिमिल्सिना (२१) र शर्मिला न्यौपाने (२०) मतका साथ विजयी भए । तारानाथ पाठक (१८) र हेमराज पौडेल (१५) मत ल्याएर पराजित हुन पुगे ।