रत्ननगर महोत्सव अन्तर्गत चिकेन एण्ड एग फुड फेष्टिवलको तयारी पुरा, आज कृषिमन्त्रीले उद्घाटन गर्ने

रत्ननगर । रत्ननगर महोत्सव अन्तर्गत टाँडी बजारमा हुने चिकेन एण्ड एग फुडफेष्टिवलको तयारी पुरा भएको छ । फेष्टिवल पुस २९ गते मंगलवार आजबाट सुरु हुदैछ ।

  रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो फुड फेष्टिवलको बागमती प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले बेलुका साढे ४ बजे उद्घाटन गर्ने छन । कुखुराका मासु र अण्डाको खपत बढाउन र उपभोक्तालाई मासु र अण्डाको स्वदको बारेमा जानकारी गराउन फेष्टिवल आयोजना गरिएको महोत्सवका आर्थिक व्यवस्थापन समितिका संयोजक एवम् फुड फेष्टिवलका संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए ।

माघ ४ गते सम्म चल्ने सो फुड फेष्टिवलमा कुखुरा र मासुका परिकार प्रर्दशनीमा राखिने संयोजक विसुरालले बताए । फेष्टिवलमा कुखुराको मासु र अण्डा सहित विभिन्न जातजातीका परम्परागत खानाका ५० वटा स्टल रहने छ । दिउसो महोत्सव अबलोकन गर्ने र बेलुका मासुका परिकारको स्वाद दिन सक्ने अबस्थाको सृजना गर्न फेष्टिवल आयोजना गरिएको हो । फेष्टिवलमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने संघका उपाध्यक्ष रघुनाथ भट्टले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको