चितवनको भरतपुरमा फागुन २ गतेबाट प्रथम भरतपुर महोत्सव हुदै

चितवन । चितवन स्थित भरतपुरमा प्रथम भरतपुर सांस्कृतिक तथा कृषी पर्यटन उद्योग व्यापार महोत्सव हुदै छ । भरतपुर महानगरपालिकालाई पर्यटकीय गन्तव्यका रुपमा परिचित गराउन महोत्सव आयोजना गरिएको भरतपुर बजार व्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । महोत्सव फागुन २ गतेबाट सुरु हुने छ ।

पारस बस पार्कमा हुने यो मेला १३ गतेसम्म चलने छ । मेलामा यहाँको संस्कृति, सस्कार, रितिरिवाज, परम्परा मौलिककतालाई विशेष जोड दिईने छ भने कृषी र व्यापार पर्यटन भित्रयाउन पनि यो मेला सफल हुने विश्वास आयोजकको रहेको छ । पर्यटन वर्ष २०२० लक्षीत यो मेलाले आन्तरीक तथा बाह्य पर्यटन गरि १० हजार पर्यटन भित्रयाउने लक्ष्य लिएको छ । यस महोत्सवले ५ करोड बराबरको आर्थिक कारोबार गर्ने भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष तथा मेला व्यवस्थापन मुल समितिका संयोजक धनश्याम पौडेल (श्याम) ले बताउनु भयो ।

उहाँले भरतपुर महोत्सव कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, औधोगिक एवं व्यापार क्षेत्रको विकासको लागि महत्वपूर्ण पाटोको रुपमार रहेने बताउनु भयो । उहाँले भन्नुभयो यो महोत्सवले भरतपुरको आर्थिक एवं सामाजिक विकासको लागि ठुलो भूमिका खेल्ने छ भने स्थानीय जान–जाती, सम्पदा, संस्कृति, परम्परा, भाषा र साहित्यको उत्थानमा कोशे ढु∙ा सावित हुने छ । यस्तै मेलामा अन्तराष्ट्रिय गौतम बुद्ध क्रिकेट रगंशालाको प्रचार–प्रसार गरिने छ भने केरा खेती, पोल्ट्री उत्पादन, मस्यपालन सम्बन्धी जानकारी दिईने छ ।

मेला अवधिभर उत्कृष्ट अण्डा उत्पादक, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट केरा उत्पादनक, उत्कृष्ट तरकारी उत्पादक तथा उद्यमशिलतामा अग्रसर व्यक्तिहरुलाई पुरस्कार वितरण गरि हौसला प्रदान गरिने भरतपुर बजार व्यवस्थापन समिति कार्य समिति सदस्य चन्दना कोइरालाले जानकारी दिइन । । महानगरमा रहेको २९ वटै वडाको सहभागिता रहेने यस मेलालाई थप आकर्षणको केन्द्र बनाउन राष्ट्रिय सतरका कलाकारहरुको उपस्थिति रहने छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको