
चितवन, रत्ननगर । मन विनाको धन ठुलोकी धन विनाको मन बोलको गीत गाएर चर्चामा आएका वाल गायक अशोक दर्जीले रत्ननगरमा धमका मञ्चाएका छन । शुक्रवारबाट रत्ननगरको टिकौलीचौरमा सुरु भएको रत्ननगर महोत्सवको स्टेजमा उनले आफ्नो कला देखाए । उनले संगितकार टंक बुढाथोकीसंगै एक दर्जन गीत गाए ।
मन विनाको धन ठुलोकी धन विनाको मन,जती धर्म गरेपनि दिनका दिन सकिदैन बा आमाको तिर्न ऋण बोलको गीतले दर्शकलाई भाबुक बनायो । उनले भित्री मनबाटै गीत गए । उनको गुन्जाईले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरयो । एक दर्जन गीत गाएका गीत मध्य माथी उल्लेखित दुई वटा बोलको गीतलाई दर्शकहरुले वान्समोर भने । सामाजिक सञ्जालमा भाइरल बनेका दर्जीको गीत महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी,बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ,महासचिव निराजन खनाल,कलाकार व्यवस्थापन समितिका संयोजक दीपक कुमार कर्माचार्य सहितका व्यक्तिहरुले एकचित्त भएर सुने ।
महोत्सवको दोश्रो दिन शनिवार अबलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । शनिवार परेकाले दर्शकले महोत्सव परिसर भरिएको थियो । दर्शक यतिनै हुनुहुन्थ्यो भन्न सक्ने अबस्था छैन महोत्सवका संयोजक रेग्मीले भने अपेक्षा गरे भन्दा बढिनै दर्शकको उपस्थिति रहयो । महोत्सव अन्तर्गत आर्ज विषादी न्यूनीकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको छ । रत्ननगर महोत्सवको समन्वयमा कृषि ज्ञान केन्द्र भरतपुरले आयोजना गरेको कार्यक्रममा विषादी न्यूनीकरणको लागि भएका प्रयास र गर्नुपर्ने कामहरुको विषयमा छलफल भएको कृषि प्रर्बधन समितिका संयोजक इश्वरीप्रसाद अर्यालले जानकारी दिए । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सव माघ ७ गते सम्म चल्ने छ ।