नेपाली सेनाले शान्ति स्थापनार्थ यू.एन. मिशनमा गएका नेपाली सेनाहरुलाई उच्च सुरक्षा सर्तकता अपनाउन निर्देशन

काठमाडौं। नेपाली सेनाले शान्ति स्थापनार्थ यू.एन. मिशनमा गएका नेपाली सेनाहरुलाई उच्च सुरक्षा सर्तकता अपनाउन निर्देशन दिएको छ। नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयले आज प्रेस नोट जारी गर्दै आवश्यक सुरक्षा सतर्कता अविलम्ब गर्न निर्देशन दिएको हो।

हालै अमेरिकी सेनाले इरानमा तैनाथ इराकी जनरल क्यूसेम सुलेमानीको मृत्यु भएपछि नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयले इराकको किर्कुक र इरबेलस्थित यू.एन. बेस क्याम्पमा तैनाथ नेपाली शान्ति सैनिकहरुलाई आवश्यक सुरक्षा सर्तकता अपनाउन निर्देशन दिएको छ। साथै काठमाडौंस्थित जङ्गी अड्डाले सो स्थानमा तैनाथ नेपाली शान्ति सैनिकहरु सकुशल रहेको समेत जनाएको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले शान्ति सेना अन्तर्गत इराकमा तैनाथ नेपाली सेना, युनिफिल मिशन लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटहरुलाई समेत विशेष सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ। साथै शान्ति सेनामा कार्यरत नेपाली सेनालाई परिस्थितिको निरन्तर अनुगमन गर्न, मिशन हेडक्वाटर र श्री शान्ति सेना सञ्चालन निर्देशनालयसँग निरन्तर सम्र्पकमा रहनसमेत नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेना,जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा, काठमाडौंले निर्देशन दिएको हो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको